Asked by Ram Prasad Pokhrel
on 22/6/20
नमस्कार Doctor. मैले बिगत 6 महिना देखि Clobazam 5 mg medicine दिनको 2 पटक बिहान साझ खाइ रहेको छु। यो दवाइ जुन स्वास्थ समस्या ले गर्दा खाएको थिए सो समस्या medicine सुरु गरेको 3 महिना पछि पुरानै किसमले सुरु भइ रहेको छ। मेरो MRI Report मा "1. calcified granuloma most likely related to neurocysticercosis 2.left mesial temporal sclerosis." र VEEG गर्दा "Abnormal : IEDs : Left anterior temporal ( Abnormal VEEG record ) थियो। अब जुन समस्याले गर्दा दवाइ खाइ रहेको थिए त्यो समस्या ठिक भएन। म जुन doctor सग उपचार गराइ रहेको थिए lock down सुरु भए देखि follow up check up पनि गर्न पाएको छैन। यो दवाइ benzodiazepine class को हो रे प्राय यो class को दवाइ short term को लागि दिइन्छ भन्ने सुनेको छु तर मैले खान लागेको 6 महिना भै सक्यो यो दवाइ कति लामो समय सम्म खान मिल्ने दवाइ हो ? अब यो दवाइ खादा पनि मेरो समस्या ठिक भएको छैन तर यो दवाइ खान थाले पछि अरु समस्या हरु भएका छन राम्रो सग निद्रा पनि लाग्दैन राती टाउको मा अप्ठ्यारो भए जस्तो भएर निद्रा खुल्छ , केही समय हिडदा बिस्तारै हिडदा एकदम श्वासप्रश्वास तिव्र रुपमा बढछ, मुटुको धड्कन पनि एक्कासि बढछ, टाउको मा समय समय मा करेन्ट को जस्तो झटका महसुस हुन्छ,टाउको नदुखि एक दम अनौठो किसिमको अप्ठ्यारो महसुस हुन्छ र केही समय पछि ठिक हुन्छ, बेला बेलामा हल्का टाउको दुख्छ र ठिक हुन्छ, एक दुई जना मान्छे बोल्दा irritated लाग्छ, पेटको समस्या बढेको छ दिनमा एक दुइ पटक पखाला लाग्छ र पातलो दिसा आउछ । यी समस्याहरुले दिन दिनै निकै अप्ठ्यारो बनाइ रहेको छ, मेरो बसाई Arghakhanchi को गाउमा भएकोले अहिलेको महामारी को डर ले गर्दा emergency रुपमा hospital जान सकेको छैन। अहिले को अवस्था मा यि समस्या सहेर केही समय कुरेर hospital जादा ठिक होला कि सके सम्म छिटो जसरी भए पनि hospital गएर थप उपचार गर्न उचित होला ? कृपया केही उचित सुझाव दिनुहोस ।