Asked by Anonymous User
on 23/9/18
मेरो ७ महिनाको छोरी लाई छिटो छिटो सास फेर्ने र बेला बेलामा छाती केहि बेर फुलाउने समस्या छ र यो समस्या विशेष गरी रातिको समय र पानी परेको बेलामा अझ बढी देखिने गर्दछ । साथै पसिना पनि धेरै मात्रामा आउने गर्दछ । दमको कारणले हो भनेर हाल आस्थालिन को बाफ दिने गरेका छौ र फेजा पनि खुवाउने गरेका छौ तर खासै कम भएको छैन । यो के कारणले भएको होला ? र म अहिले पोखरामा छु, यस प्रकरको समस्या हेर्ने डक्टर यहाँ को हुनुहुन्छ र काठमाण्डौमा कुन डक्टरसंग कहाँ देखाउदा ठिक होला ? सल्लह र सुझाबको लागी अनुरोध गर्दछु ।